तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेसन कक्ष तयार

तनहुँको आँबुखैरेनीमा १२ बेडको आइसोलेसन कक्ष तयार

FB_IMG_1599303910513

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नं.३ शिवालय मन्दिर नजिक रहेको भवनमा गाउँपालिकाले प्रत्येक ४ वटा कोठामा ३/३ जनाका दरले राख्ने गरी १२ बेडको आइसोलेसन कक्ष तयार गरेको गाउँपालिकाले जनाएको छ ।

विश्वभर दु्रतगतीमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण स्थानीय स्तरमा समेत दिनानुदिन बढ्दै गएको हुँदा आफ्नै पालिकामा आइसोलेसन तयार गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिए ।

‘आँबुखैरेनीबासीलाई कोरोना संक्रमण देखिए अन्यत्रको आईसोलेशनमा नपठाई आफ्नै क्षेत्रको आईसोलेसन कक्षमा तुरुन्तै लैजान सहज हुन्छ ।’ अध्यक्ष थापाले भने ‘संक्रमितले समेउ पचार समेत छिटै प्राप्त गर्न सक्नेछन ।’

कोरोना संक्रमितलाई सहज, प्राकृतिक र पारिवारिक वातारण महशुस गराउन मानिसको चहलपहल कम हुने मर्स्याङ्दी नदी किनारमा रहेको शिवालय मन्दिर नजिक आइसोलेशन कक्ष तयार गरिएको थापाले बताए ।

तस्बिर : राम बहादुर धामी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds