गण्डकीमा आज कोभिड १९ः एकै दिन ८९ संक्रमित, पोखरामा १७, नवलपुरमा ४१ र गोरखामा २२ जना

गण्डकीमा आज कोभिड १९ः एकै दिन ८९ संक्रमित, पोखरामा १७, नवलपुरमा ४१ र गोरखामा २२ जना

bhadau 19

गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ संक्रमित थपिएका छन् । पछिल्लोपटक अपरान्ह ३ बजे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तेस्रो विज्ञप्ती अनुसार गोरखामा ६ जना संक्रमित थपिएका छन् । यसअघि आजै प्रदेशभर ८३ संक्रमित भेटिएका थिए । कोरोना संक्रमितको संख्या २४०३ पुगेको छ ।

आज जारी गरेको दोस्रो विज्ञप्ती अनुसार पोखरा महानगरपालिकाका १ जनासहित गण्डकी प्रदेशमा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखराको वडा नम्बर ५ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नवलपरासीका (ब.सु.पू) का २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा अन्य प्रदेशमा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपुरका २४ जनालाई एकैपटकमा पुष्टि भएको हो । कोरोना भाइरस संक्रमित हुनेमा जिल्लाको गैंडाकोट नगरपालिका, कावासोती, देवचुली तथा विनयत्रिवेणीका रहेका छन् ।

यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गोरखाका १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ का ९ महिला र ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । जिल्लाको अजिरकोट गाउँपालिकाका १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन । संक्रमित व्यक्ति भारतबाट आएको बताइएको छ ।

यसैगरी, मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको भीरकोट नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन ।

त्यसअघि, शुक्रबार पोखरामा एकैपटक १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका ८ वडाका १६ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आयो ।

क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परीक्षणमा पोखरा १२ का २८ वर्षीया महिला, पोखरा १० का २३, २४ र २६ वर्षका पुरुष, पोखरा २७ का १८ र ४७ वर्षका पुरुष, पोखरा १४ का २५ वर्षीय पुरुष, पोखरा ५ का ५० वर्षीय पुरुष, पोखरा ३० का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने पोखरा १५ मा नेपाल प्रहरीमा कार्यरत २६, ३१, २८, २९, २६, २९ र २७ वर्षका गरी ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले पुष्टि गरेको छ ।

पोखरामा आज संक्रमण पुष्टि भएका मध्ये दुई जना महिला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्लिनिकमा कोरोना परीक्षण गर्न आएका हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यस बाहेक बिहान नै नै गण्डकी प्रदेशका अन्य जिल्ला तनहुँका २, लमजुङका ३, स्याङ्गजाका १ र नवलपुरका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds