पोखरा । कोरोना संक्रमण उच्च रुपमा वृद्धि हुन थालेपछि यसलाई नियन्त्रणमा राख्न भन्दै पोखरा महानगरपालिकाका तीन वटा वडा सिल गरिँदैछ । वडा नम्बर १०, १२ तथा १३ सिल हुने भएको हो । ३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै १०, १२ तथा १३ नम्बर वडा आज राति १२ बजेबाट लागू हुने गरी भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।
पोखरा १०, १२ तथा १३ अन्तरगतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुरासँ टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहरचोक हुँदै मियापाटनसम्म सबै क्षेत्र सिल हुने भएको छ । त्यस्तै लालीगुरासँ मिनीमार्ग, प्रगती टोल, विपी मार्ग ‘क’ र ‘ख’ सबै हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र, माछापोखरीदेखि संगम टोल, मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सिल गरिएका वडाभित्र खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ । साथै एम्बुलेन्स तथा अन्य अति आवश्यकीय क्रियाकलाप गर्न भने रोक नलगाइने भएको छ । यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजरको नियमित प्रयोग गर्न, मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो