पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् । पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब १५ दिनसम्म उपचारपछि निको भइ शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे ।
पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड–१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफूमा सकारात्मक कार्य भएको बताए । पोखरामा निजीस्तरमा कोभिड–१९ को उपचार गर्ने पहिलो अस्पताल चरक मेमोरियल भएको छ ।
गत भदौ ४ मा उपचारार्थ भर्ना भएकी अञ्जलीले अस्पतालमा उपचाररत् रहँदा भावनात्मक तथा मानसिक रुपमा आफू निको हुन गरेको उपचार विधिको प्रशंसा गरिन् । उनले सुरुवातमा आफू कोरोना लागेर आत्तिए पनि पछि क्रमशः निको हुँदै गएपछि आत्मबल बढ्दै गएको बताइन् ।

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले कोरोना संक्रमितको उपचारमा अस्पतालले कुनै पनि कसर बाँकी नराखेको बताए । उनका अनुसार अस्पतालमा १ सय बेड क्षमताको रहेकोमा ३० बेड कोभिड–१९ को बिरामीलाई उपचारका लागि निम्ति छुट्याइएको छ । अझै पनि अस्पतालमा अर्का एक जना कोरोना संक्रमितको उपचार भइरहेका प्रबन्ध निर्देशक पोखरेलले बताए । कोरोना संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स, क्लीनर लगायत सबै आइसोलेसनमै बसेर उपचारमा क्रियाशील हुने हुँदा अन्य रोगका बिरामी पनि ढुक्कले उपचारका लागि आउन सक्नेछन् ।
२०६९ सालमा पोखरा नयाँबजारमा संचालित चरक अस्पतालले गत वर्षको माघदेखि पोखराको नागढुंगामा सुविधासम्पन्न अस्पताल संचालनमा ल्याएको छ । अस्पतालमा सबै प्रकारका रोगको उपचार सुविधा रहेको अस्पतालका अध्यक्ष बरिष्ठ फिजिसियन डा.बद्री पौडेलले बताए । करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा स्थापित यो अस्पताल गण्डकी प्रदेशमै अस्पताल बिल्डिङमै हेलिप्याड भएको पहिलो अस्पताल हो । अस्पतालमा हाल ३५ जना डाक्टर कार्यरत छन् । यसबाहेक पूर्ण तथा आंशिक गरी २ सय जना कर्मचारी कार्यरत् रहेको अस्पतालका व्यवस्थापक प्रदीप शर्माले जानकारी दिए । कोभिड–१९ को सन्त्रास कायम रहँदा कतिपय अस्पतालले अस्पताल गेटबाटै बिरामी फर्काउने गरेकोमा चरकले भने सुरुवातदेखि नै फिभर क्लीनिक संचालन गर्दै सबै प्रकारका रोगका बिरामीको उपचार दिँदैआएको छ ।
अस्पतालमा हाल आईसीयू १७ वटा, भेन्टिलेटर ८ वटा छन् । चौबीसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा छ । डाक्टर तथा नर्सको प्रत्यक्ष निगरानी उपचार सुविधा रहेको अस्पतालमा बिरामीका आफन्त नभएपनि दैनिक रुपमा घरपरिवारका सदस्यलाई रिपोर्टसमेत उपलब्ध गराइन्छ । अस्पतालले आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गरिरहेको बरिष्ठ फिजिसियन डा.बद्री पौडेलले बताए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो