तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध कारोबार गर्ने ३ जना लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तनहुँको शक्लागण्डकी नगरपालिका वडा नं २ प्रगतिटोल बस्ने वर्ष २३ को आशिष श्रेष्ठ, व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने उमेर वर्ष २७ को सन्तोष राणा र व्यास नगरपालिका वडा नं १ भादगाउँ बस्ने वर्ष २१ को सन्तोष कार्की रहेको प्रहारीले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं ७ सेरा स्थित व्यासमार्ग सडकमा एकै स्थानमा भेला जम्मा भएका आशिष श्रेष्ठ, सन्तोष राणा र सन्तोष कार्कीहरु संकास्पद हिडिरहेको अवस्थामा देखे पछि तिनै जना भाग्न प्रयास गरेकाले उनिहरुलाई तत्काल नियन्त्रणमा लिई तिनै जनाको शरिर खानतलासी लिंदा आशिष श्रेष्ठले लगाएको पाईन्टको गोजीमा प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा २ एमलको तरल पदार्थ सहितको डाइजेपामको एम्पुल थान १४, फेनेरेगनको एम्पुल १४ थान र नूफिनको एम्पुल १४ थान गरी जम्मा एम्पुल ४२ थान फेला परेको थियो ।
कानुनी रितपुर्वक बरामद गरी उक्त लागुऔषध कारोबारमा संलग्न तिन जनालाई नियन्त्रणमा लिई कानून बमोजिम पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने