तनहुँमा होम क्वारेन्टिनमा बसेकोसहित २ जना महिलामा कोरोना संक्रमण पुष्टि

तनहुँमा होम क्वारेन्टिनमा बसेकोसहित २ जना महिलामा कोरोना संक्रमण पुष्टि

Corona Girl

तनहुँ । तनहुँमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान थपिएका संक्रमित जिल्लाको म्याग्दे गाउँपालिका र भानु नगरपालिकाका हुन ।

म्याग्दे गाउँपालिका-६ की २६ वर्षीया महिला र भानु नगरपालिका-७ की ५५ वर्षीया महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्देकी संक्रमितको बुबा आमालाई गत भदौ १२ गते कोरोना पुष्टि भएको थियो ।

उनिहरु भारतबाट आएर होम क्वारेन्टिनमा बसेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिए ।

गत भदौ ८ गते उनिहरुको स्वाब संकलन गरिएको थियो जसको रिपोर्ट १२ गते आएको र आज संक्रमण पुष्टि भएको महिलाका बुबा आमामा कोरोना पुष्टि भएको थियो ।

आमा बुबालाई नै कोरोना पुष्टि भएपछी कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमितका छोरीसहित अन्य ११७ जनाको गत भदौ १४ गते स्वाब संकलन गरिएको थियो ।

अन्य ११६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितलाई जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको आइसोलेसनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत नागिलाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds