नवलपुरका ३७ वर्षीय पुरुष सहित गण्डकीमा बिहीबार एकैपटक ३ जना कोरोना संक्रमितको मृत्यु

नवलपुरका ३७ वर्षीय पुरुष सहित गण्डकीमा बिहीबार एकैपटक ३ जना कोरोना संक्रमितको मृत्यु

coronavirus-kirkland-patient-rt-ps-200304_hpMain_16x9_992

नवलपुर – गण्डकी प्रदेशमा बिहीबार कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्की, तनहुँ र नवलपुर गैंडाकोटका संक्रमित छन् ।

चितवन मेडिकल कलेजका अनुसार भाद्र १० गते कोरोना पुष्टि भइ अस्पताल भर्ना भएका नवलपरासी गैंडाकोट २ का ३७ वर्षीय पुरुषको आज दिउँसो २:३० बजेको समयमा मृत्यु भएको हो ।

अल्कोहलिक हेपाटाइटिस तथा मिर्गौलाको रोगी ती पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले पुष्टि गरे ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या १८ पुगेको छ ।

आज नै कास्की पोखरा -६ का ३७ वर्षीय पुरुषतनहुँ म्याग्देकी ९२ वर्षीया बृद्धाको कोरोना  संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ