बाग्लुङ – बाग्लुङको ढोरपाटनमा पहिरोमा पुरिएर मर्ने र बेपत्ता हुनेको संख्या थप भएको छ ।
ढोरपाटन नगरपालिका -९ स्थित भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटमा गएरातिको पहिरोमा परी अहिलेसम्म १४ जनाको शव फेला परेको छ भने, ३९ जना बेपत्ता रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
बाढीका कारण ढोरपाटन नगरपालिका -९ सुकुन्दुङमा रहेको स्वास्थ्य चौकी भवन, लाकुरीबोट स्वास्थ्य चौकी भवन लगायत ३१ वटा घर बगाएको छ । साथै जनचेतना प्राथमिक विद्यालयको चार कोठे भवन, सरस्वती प्राथमिक बिद्यालयको २ कोठे भवन र भुजिखोला जल बिद्युत आयोजना क्षती पुगेको छ । पहिरोले सोही वडाको भुसुण्डेमा पार्किङ गरेर राखेको ग १ ज ४१२५ नम्वरको पिकअप जिप तथा २ वटा मोटरसाईकल समेत बगाएको छ ।
पहिरोमा पुरिएर ज्यान गुमाएका १४ मध्ये यो समाचार तयार पार्दासम्म दुई जनाको मात्र सनाखत भएको प्रहरीले जानकारी दिएको छ । सनाखत हुनेमा ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने वर्ष २६ कि केशमाया विक र सोही वडाको लाकुरीबोट बस्ने वर्ष ४५ का कर बहादुर विक रहेका छन् ।
यस्तै पहिरोमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा ढोरपाटन ४ दुनेपोखरा बस्ने वर्ष १५ का महेन्द्र पुन, सोही स्थान बस्ने वर्ष २८ की सरीता घर्ती, वर्ष ४२ को धर्मेन्द्र पुन र वर्ष ५४ की बेलमती पुन छन् ।
घाइते मध्ये महेन्द्र पुनो अवस्था चिन्ताजनक रहेको छ भने, सरीता घर्ती र धर्मेन्द्र पुनको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा बाग्लुङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख तथा नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत नेपाल प्रहरीको टोलीले उद्धारको कार्य गरिरहेको छ ।
हालसम्म बेपत्ता भएका अन्य ३८ जनाको नामावली यसप्रकार रहेको छ ।
- ढोरपाटन नगरपालिका ९ द्वाल बस्ने अन्दाजी बर्ष २०-२२ को जीवन विक
- सोही स्थान बस्ने अन्दाजी वर्ष २३-२४ को नारायण विक
- नारायणकी श्रीमती अन्दाजी वर्ष २०-२१ कि टेकमाया विक
- नारायण र टेकमायाकी छोरी वर्ष १ (नाम नखुलेकी) बालिका
- ऐ.ऐ बस्ने वर्ष अन्दाजी १५-१६ कि मनिषा विक
- ऐ.ऐ घट्टेचौर बस्ने वर्ष २८ कि शनि विक
- निजको छोरा बर्ष अन्दाजी ९-१० को रोशन विक
- निजको छोरा बर्ष अन्दाजी वर्ष ४-५ को रवि विक
- नाम नखुलेको १५ दिनको वच्चा १
- ऐ.ऐ बस्ने बर्ष २५।२६ कि मन कुमारी विक
- ऐ.ऐ बस्ने अन्दाजी वर्ष २९-३० को प्रेम पुन
- ऐ.ऐ भुसुन्डे बस्ने अन्दाजी वर्ष २०-३० कि कुमारी विक
- ऐ.ऐ बस्ने अन्दाजी वर्ष १४-१५ को समुन्द्र विक
- ऐ.ऐ बस्ने अन्दाजी वर्ष १०-१२ कि पुनम विक
- ऐ.ऐ बस्ने अन्दाजी वर्ष ३०- ३१ को जीत बहादुर घर्ती
- ऐ. ऐ बस्ने अन्दाजी वर्ष ४३-४४ को राजु घर्ती
- ऐ.ऐ घट्टेबोट बस्ने अन्दाजी वर्ष ३५-३६ कि करमती बुढा
- ऐ.ऐ बस्ने अन्दाजी वर्ष ३५-३६ कि रिना कुमारी घर्ती
- ऐ.ऐ बस्ने अन्दाजी वर्ष २०-२२ कि दिलमया पुन
- ऐ.ऐ बस्ने निजको छोरी अन्दाजी वर्ष ३४ कि प्रकृति पुन
- ऐ.ऐ। बस्ने अन्दाजी वर्ष ६०-६१ कि डोटी पुन
- ऐ.ऐ सानो कुगु बस्ने अन्दाजी वर्ष ३५-३६ को हेम बहादुर विक
- ऐ.ऐ बस्ने श्रीमती अन्दाजी वर्ष ३४-३५ कि उजेली विक
- ऐ.ऐ बस्ने छोरा अन्दाजी बर्ष ८-९ को दलु विक
- ऐ.ऐ बस्ने निजहरूकै बच्चा १० महिनाको (नाम नखुलेको)
- ऐ.ऐ बस्ने श्रीमती अन्दाजी वर्ष ३७-३८ कि हस्तमाया विक
- ऐ.ऐ दुनेपधेरा बस्ने अन्दाजी वर्ष ६०-६५ कि तुलमती घर्ती
- ऐ.ऐ लाकुरी बोट बस्ने अन्दाजी वर्ष ५५-५६ कि कौशिला पुन
- निजको छोरा अन्दाजी वर्ष २०-२१ को विशाल पुन
- ऐ.ऐ पावरहाउस बस्ने अन्दाजी वर्ष २५-२६ कि धनमाया विक
- निजको छोरा अन्दाजी वर्ष २-३ को नाम नखूलेको बालक
- ऐ.ऐ सुप्राङ बस्ने बर्ष नखुलेको बिरे विकको श्रीमती र दुई छोराछोरी सहित ४ जनाको परिवार
- बागलुङ गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको अन्दाजी वर्ष २४-२५ को नबिन भण्डारी र
- ढोरपाटन नगरपालिका ९ सुप्राङ बस्ने नामथर र वर्ष नखुलेका अन्य ३ जना
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी