तनहुँको व्यास नगरपालिकाका २ जना महिलामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास नगरपालिकाका २ जना महिलामा कोरोना संक्रमण पुष्टि

Corona update 4

तनहुँ । तनहुँमा बिहिवार थप २ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकाका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

बिहीबार थपिएका मध्य एक जना व्यास-१ की २९ वर्षीया महिला हुन भने अर्को एक जना व्यास-४ की २९ वर्षीया महिला हुन ।

दुबै जना कन्ट्याक्ट ट्रेसिङमा परेका महिला रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

उनले थपे ‘अन्य जानकारीका लागि बुझ्दै छौ ।’

संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी भईरहेकोे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ