नवलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

nawalpur

नवलपुर –  स्वास्थ्य निर्देशनालय पोखराद्वारा शुक्रबार बिहान प्रकाशित पहिलो विज्ञप्ति अनुसार गण्डकीमा ३ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमित नवलपुर जिल्लाका तीन स्थानीय तहका हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको गैंडाकोट नगरपालिका १३ का ३५ वर्षीय पुरुष, कावासोती नगरपालिका ३ का ३९ वर्षीया महिला र देवचुली नगरपालिका २ का ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका उनीहरु तीनैजनालाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२७६ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ