घरेलु तथा साना उद्योग तनहुँद्वारा आँबुखैरेनी बजार अनुगमन, अधिकांशले पालना गर्दैनन् कोभिड १९ को नियम

घरेलु तथा साना उद्योग तनहुँद्वारा आँबुखैरेनी बजार अनुगमन, अधिकांशले पालना गर्दैनन् कोभिड १९ को नियम

Shopping Center Aabukhaireni

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले बुधबार आँबुखैरेनी बजार अनुगमन गरेको छ ।

उक्त अनुगमनमा आँबुखैरेनि गाउँपालिकाको समेत उपस्थिति रहेको थियो ।

कोभिड १९ को नियम कार्यान्वयन सम्वन्धि उद्योग व्यवसाय अनुगमनको क्रममा आँबुखैरेनीको मुख्य बजारमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले रवि अधिकारीले जानकारी दिए ।

अधिकांश व्यवसायीले कोभिड १९ को नियम पालन नगरेको पाइएको अधिकारीले बताए ।

आँबुखैरेनीका ७ वटा पसल, होटल मेडिकल, इलेक्ट्रोनिक, सपिङ्ग सेन्टर लगाएतमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ ।

सर्वसाधारणले समेत मास्क, स्यानिटाइजर र सामाजिक दुरी लगाएत पालना नगरेको अनुगमनमा देखिएको घरेलु तथा साना उद्योगकार्यालय तनहुँले जनाएको छ ।

अनुगमनमा घरेलुबाट कर्ण बहादुर राना, रबि अधिकारी, आँबुखैरेनि गाउँपालिकाबाट लेखा अधिकृत टेक नाथ पराजुली लगाएत उपस्थित रहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds