तनहुँ । तनहुँको आबुँखैरेनी नजिक मर्स्याङदी नदिमा खसेको सवारी साधन अझै भेटिएको छैन ।
आबुँखैरेनी-४ ऐनापहरा नजिक उक्त सवारी खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । अझै पनि नदिमा खसेको सवारी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

आँबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको उक्त सवारी मर्स्याङदी नदिमा बुधबार बिहान खसेको प्रहरीको अनुमान छ ।
सवारी कुन हो भनेर एकिन नभएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्स्पेक्टर विकास थापाले जानकारी दिए । उनले भने ‘प्रारम्भिक घटना क्रमले ठुलो सवारी साधन भन्ने देखिन्छ ।’

सर्लाहीबाट एक जनाले आफ्नो डाईभरको मोबाइल अफ रहेको भनेर फोन गरेको तर अन्य कसैले पनि सम्पर्क नगरेको इस्पेक्टर थापाले जानकारी दिए ।
उक्त सवारीको खोजी गर्न कुरिनटारबाट ७ जनाको गोताखोर टोलि आएको थियो ।

पानीको वेग ठुलो र उक्त सवारी खसेको स्थान गहिरो रहेकाले गोताखोर टोलिले केहिपनि पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान पृथ्वी राजमार्गको आँबुखरेनी-मुग्लिन सडकखण्डको ऐना पहरा नजिक सडक छेउमा पेटी भत्किएको देखिए पछि सवारी खसेको आशंका गरेर खोजी गर्न थालिएको थियो ।
तस्बिर : बादल थकाली
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ