गण्डकी प्रदेशमा एकै दिन ६३ जनामा कोरोना पुष्टी भएको छ । बुधबार गण्डकी निर्देशनालयले पाँचौ पटक सम्म विज्ञप्ती जारी गर्दा आज मात्रै ६३ जना पुगेको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या २२७३ जना पुगेका छन् । संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लगिएको निर्देशनालयले जानकारी दिएको हो ।
तनहुँकी २० वर्षीया महिलाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । पोखरामा एकैपटक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका २३ सहित ३५ जनामा संक्रमण पुष्टि भयो । पोखरामा संक्रमित मध्ये सबैभन्दा धेरै १७ नम्वर वडाका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १७ का २१ देखी ४२ बर्ष उमेर समुहका २० जना नेपाल प्रहरीमा कार्यरत पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै ,पोखरा १४ का ३० र ५७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ भने, पोखरा १३ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । यसबाहेक गण्डकी प्रदेशका तनहुँमा १ , लमजुङमा ४ र नवलपुरमा ७ जनालाई कोरोना पुष्टि भएको छ ।

त्यसपछि दोस्रो विज्ञप्तीमा तनहुँ व्यास ६ घर भई पोखरामा डोजर व्यवसाय गरेर बसेका २४ वर्षीय पुरुषमा संक्रमण भएको जानकारी दिइयो ।

तेस्रो विज्ञप्ती अनुसार पोखराका १ सहित विभिन्न जिल्लाबाट थप १८ जनामा कोरोना पुष्टी भएका हो । कास्कीको पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका १८ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी लमजुङको बेसिसहरका ५ वटा वडाका १३ , २३ र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ ।

चौथो विज्ञप्ती अनुसार कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ ।
निर्देशनालयका अनुसार मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट त्रि. वि. अस्पतालमा प्रेषण गरिएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयको बुधबार साँझको पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका दुई जिल्ला लमजुङ र बाग्लुङ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु लमजुङ बेसीशहर नगरपालिका वडा नं. ३ का ५८ र ४१ वर्षीया महिला, बेसीशहर ५ का २३ वर्षीय युवक, बेसीशहर ८ की २२ वर्षीया युवती सहित बेसीशहर कै २४ वर्षीय (वडा नखुलेको) पुरुष रहेका छन् ।
यस्तै, लमजुङकै मर्स्याङदी गाउँपालिका ६ का २१ वर्षीय युवक र कोह्लासोथर गाउँपालिकाका २९ वर्षीय (वडा नखुलेको) पुरुष रहेका छन् । बाग्लुङको गलकोट नगरपालिका ७ का २१ वर्षीया युवतीको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खबर
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा
बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो