तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रै आइसोलेसन बनाउने भएको छ ।
बुधबार आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित रहेको शिवमन्दिर संरक्षण समिति, मनकामना चोक टोल सुधार समिति, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको संयुक्त बैठक बसेको थियो ।
उक्त बैठकबाट शिवालय मन्दिर नजिक रहेको भवनमा १२ बेडको आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।
विश्वभर द्रुतगतीमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) समाजमा नै फैलने क्रममा रहेको हुँदा आफ्नै पालिकामा आइसोलेसन बनाउन लागिएको अध्यक्ष थापाले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका बासीहरुलाई कोभिड–१९ पोजेटिभ देखिएता पनि अन्यत्र स्थान लैजानु भन्दा आफ्नै क्षेत्रमा राख्न सहज हुनुका साथै बिरामीहरु लाई पारिवारीक वातावरण महशुस हुने भएकोले आफ्नै आईसोलेसन कक्ष निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिए ।
आफ्नै आईसोलेसन कक्ष हुँदा कोरोना संक्रमित लाई तुरुन्तै आईसोलेसन कक्षमा लैजान सकिने र बिरामीले उपचार समेत छिट्टै प्राप्त गर्ने भएको हुँदा आईसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका सूचना अधिकारी सिखरलाल डोटेलले बताए ।
गाउँपालिकामा हालसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना निको भएर घर फर्किएका छन् ।
मंगलबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुषलाई अहिले जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतराको आइसोलेसनमा राखिएको सूचना अधिकारी सिखरलाल डोटेलले बताए ।
यस्तै, गाउँपालिकाको कोभिड-१९ राहत कोषमा १ करोड ३० लाख रुपैयाँ बजेट रहेको र सोही बजेटबाट आइसोलेसन कक्ष तथा व्यवस्थित क्वारेन्टिन तयार गरिने गाउँपालिकाले जनाएको छ ।
उक्त बैठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. ३ का अध्यक्ष, टोल सुधार समितिका अध्यक्ष, स्थानीय समाजसेवी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो