तनहुँ दमौलीकी २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

तनहुँ दमौलीकी २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

corona-death

सांकेतिक तस्बिर ।

तनहुँ । मंगलबार साँझ मृत्यु भएकी तनहुँकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

युवती त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन् ।

डायलासिस गराइरहेकी तनहुँको व्यास-२ दमौलीकी २० वर्षीया युवती बाथरोग र मिर्गौलाको रोगी समेत रहेकी थिइन् ।

शिक्षण अस्पतालका कोभिड कमिटीका सदस्य डा.सविन थपलियाका अनुसार आइसीयुमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको हो ।

उनी १६ गते उक्त अस्पताल भर्ना भएकी थिइन् ।

युवतीलाई हिजो मंगलबार अल्का अस्पताल ललितपुरबाट त्रि. वि. शिक्षण अस्पताल महाराजगंजमा रिफर गरिएको थियो ।

तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुने यो दोस्रो केस हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ