लमजुङको सुन्दर बजारमा किराना पसल संचालन गर्दै आएकी महिला व्यापारीमा कोरोना संक्रमण

लमजुङको सुन्दर बजारमा किराना पसल संचालन गर्दै आएकी महिला व्यापारीमा कोरोना संक्रमण

mahila-sankramit-corona

बेसीशहर – लमजुङ सुन्दर बजारकी महिला व्यापारीमा कोरोना संक्रमण देखिएको छ ।

सुन्दर बजार नगरपालिका -२ स्थित स्थानीय किराना पसलकी संचालीका ४९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

यस्तै सुन्दर बजारकै अर्का ५० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ देखिएको छ । उनी हालै ओमानबाट आएर क्वारेन्टाइनमा बसेका थिए भने, लमजुङ सुन्दर बजार निवासी ४५ वर्षीया महिलाको रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएकी उनमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित तीनै जनालाई अहिले जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ