पोखरा १७ का २० प्रहरी सहित अमरसिंह चोकस्थित पार्कल्याण्ड हस्पिटलकी नर्समा कोरोना पुष्टि

पोखरा १७ का २० प्रहरी सहित अमरसिंह चोकस्थित पार्कल्याण्ड हस्पिटलकी नर्समा कोरोना पुष्टि

Pokhara valleyy

पोखरा – पोखरामा एकैपटक २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराको बुधबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका २३ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सबैभन्दा धेरै १७ नम्वर वडाका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १७ का २१ देखी ४२ बर्ष उमेर समुहका २० जना नेपाल प्रहरीमा कार्यरत पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पोखरा १४ का ३० र ५७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ भने, पोखरा १३ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसबाहेक गण्डकी प्रदेशका तनहुँमा १ , लमजुङमा ४ र नवलपुरमा ७ जनालाई कोरोना पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २२४५ पुगेको छ  । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ