पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले एकै दिन २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
दण्डहिनता बिरुद्दको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कार्यालयले बिभिन्न मुद्धाको फैसलामा कैद र जरिवाना तोकेर हालसम्म फरार रहँदै आएका २८ प्रतिवादीलाई एकैदिन पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पक्राउ पर्नेमा सरकारी दस्तखत किर्ते गर्ने, बैंकिंङ कसुर गर्ने देखी लिएर सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादी समेत छन् ।
प्रतिवादी मध्ये स्याङ्गजा जिल्ला कोल्मा स्थायी घर भइ हाल पोखरा २७ बस्दै आएका सरकारी दस्तखत किर्ते मुद्धामा १ बर्ष कैद र ५० रुपैयाँ जरिवाना तोकिएका २१ वर्षीय अनिल थापा मगर र पोखरा १० घर भइ बैंकिंङ कसुर मुद्धामा ७ दिन कैद सहित ९ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएकोमा हालसम्म फरार वर्ष ५३ का धीरज गुरुङ छन् । यी, वाहेक केही सार्वजनिक अपराध मुद्धामा ३५० देखी ५,००० रुपैयाँसम्म जरिवाना पाएर फरार रहेका कास्की जिल्ला अन्तर्गतका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २६ जना प्रतिवादी रहेको प्रवक्ता हमालले जानकारी दिए ।
पक्राउ परेका उनीहरु सबैलाई हाल जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने