तनहुँमा गरिमा बैंक डुम्रेमा कार्यरत पोखराका युवक, हुलाककी कर्मचारी गरी ३ जनामा कोरोना

तनहुँमा गरिमा बैंक डुम्रेमा कार्यरत पोखराका युवक, हुलाककी कर्मचारी गरी ३ जनामा कोरोना

Tanahun District Map

तनहुँ । गण्डकी प्रदेशमा कोरोना कोरोना संक्रमितको संख्या २ हजार २ सय ८ पुगेको छ । मंगलबार स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार ३ जना संक्रमित थप भएका छन् । पोखराका एक र तनहुँका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमितहरुमा तनहुँका २ जना र पोखरा घर भई तनहुँमा कार्यरत एक जना छन् ।

तनहुँको भानु ७ का ५२ बर्षीय पुरुष सोहि अस्पतालको प्रिआईसोलेसनमा रहेका छन् । पोखरा महानगरपालिका ७ का ठेगानाका संक्रमित व्यक्ति गरिमा बिकाश बैंक, डुम्रे, तनहुँ शाखामा कार्यरत छन् । ब्यास ५ का संक्रमित महिला हुलाक सेवा, तनहुँ अन्तर्गत कार्यरत छन् ।

सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ