बेपत्ता पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला

बेपत्ता पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला

richard-mauris

एजेन्सी (लन्डन) – नेपालका लागि बेलायतका पूर्व राजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ ।

गत मे ६ मा मर्निङ वाकमा निस्केका मोरिस आफ्नो घर बेन्ट्ली नजिकैको पार्कबाट बेपत्ता भएपछि प्रहरीले मोरिसले मर्निङ वाक गर्ने सो जंगलमा उनको व्यापक खोजी गरिरहेको थियो ।

बिबिसीका अनुसार ह्याम्पसायर प्रहरीले उहाँ नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा उहाँको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिक रूपमा भइ नसकेको भए पनि प्रहरीले उहाँको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताइएको छ ।

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले ३ पटकसम्म सर्वसाधारणका लागि खोजी कार्यमा सहयोग गर्न अपिल गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचर्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरिएको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ