यो दशैंमा नयाँ नोट साट्न नपाइने

यो दशैंमा नयाँ नोट साट्न नपाइने

new-note

काठमाण्डौ – यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ ।

कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको बेला अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो ।

राष्ट्र बैंकले दशैंको अवसर पारेर हरेक वर्ष ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोटहरु साट्दै आएको थियो।

बैंकले नयाँ नोट वितरण नगर्नेबारे असोजको पहिलो साता आधिकारिक रुपमा जानकारी दिइने जनाइएको छ । गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ