गोरखाकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु

गोरखाकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको काठमाडौंमा मृत्यु

corona death

पोखरा – कोरोना संक्रमणका कारण गोरखाकी एक महिलाको मृत्यु भएको छ ।

गोरखा जिल्ला आरुघाट निवासी ६५ वर्षीया संक्रमित महिलाको भाद्र १३ गते राती ११:४८ बजेको समयमा वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको स्वास्थ्य निर्देशानालय पोखराले पुष्टि गरेको छ ।

मृगौला र थाइराइड रोगको दीर्घरोगी समेत रहेकी उनलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि भाद्र ४ गते छाउनी अस्पताल भर्ना गरिएकोमा भाद्र १३ गते कोरोना पुष्टि भएको थियो ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds