गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको छ । सोमबार दिउँसो २:३० मा प्रेस बिज्ञाप्ती जारी गर्दै थप १३ जनामा कोरोना पुष्टी भएको गण्डकी निर्देशनालयले जनाएको हो । संक्रमण हुनेमा लमजुङका ८ जना , गोरखाका २ जना र नवलपुरका ३ जना छन् ।
प्रदेश क्षयरोग केन्द,पोखरामा गरिएको परिक्षणमा लमजुङमा ८ जना पुष्टी भएका छन् यसरी संक्रमित हुनेहरुमा बेसीसहर नगरपालिकामा कार्यरत ३ जना पुरुष सुरक्षाकर्मी रहेका छन् ।त्यस्तै नगरपालिका वडा नं ७ का २०, २५ र ३२ वर्षीय ३ जना महिला रहेका छन् । संक्रमितमध्ये ३२ वर्षीय महिला जिआइबिएल बैंकमा कार्यरत रहेकी छिन् । त्यस्तै २० वर्षीय महिला अस्पताल कर्मचारी हुन् । त्यस्तै नगरपालिकाको वडा नं ८ का २७ वर्षीय महिला सहित वडा नं ३ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भरतपुर अस्पतालमा गरिएको परिक्षणमा गोरखाका २ जनामा कोरोना पुष्टी भएको हो । पुष्टी हुनेमा गेरखा वडा नं १२ का ४६ वर्षीय पुरुष र वडा नं १३ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
चितवन कलेज भरतपुरमा मा गरिएको परिक्षणमा नवलपुरमा ३ जना कोरोना पुष्टी भएको छ । संक्रमण हुनेमा नवलपुर देवचुली वडा नं १० की ३७ वर्षीय महिला, मध्यविन्दु १० का ३४ वर्षीय पुरुष र गैँडाकोट ५ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको गण्डकी निर्देशनालयले जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १ सय ५७ पुगेको छ । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ४५१ जना रहेको निर्देशनालयले जनाकारी दिएको हो ।
सम्बन्धित खबर
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु
गोरखामा एक पसलमा आगलागी, सामान जलेर नष्ट
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो