पोखरा – पोखराको नागढुंगास्थित फेवासिटी अस्पतालमा उपचाररत एक बृद्धामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा फेवासिटी अस्पतालमा उपचारत लमजुङ जिल्ला बेसीशहर नगरपालिका -१० घर भएकी ७१ वर्षीया बृद्धामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । अस्पतालमा उपचाररत बृद्धामा कोरोना आशंकामा पोखरामै स्वाब संकलन गरिएको थियो ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका -६ बस्ने ३७ वर्षीय पुरुष, पोखरा ८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएका उनीहरुको परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
उता तनहुँको भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखा जिल्ला १३ घर भएका ३२ र ३६ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्ये गोरखाका २ संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको छ भने, अन्यलाई लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो