पोखराको रामबजार घर भएकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई पाखरा ल्याएपछि घटनाबारे थप जानकारी प्राप्त हुने र सार्वजनिक गर्ने तयारी कास्की प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्की श्रोतका अनुसार शुक्रबार नै बालिकाका परिवारले जाहेरी दिएको थियो । आरोपित व्यक्ति तत्काल फरार रहेकाले प्रहरीले यसबारे सूचना चुहावट नगरी अनुसन्धान तीब्र बनाएको थियो । अनुसन्धानका क्रममा बलात्कार आरोपी स्याङ्जामा लुकेर बसेको थाहा भएपछि त्यहाँको प्रहरीको समन्वयमा उनलाई पक्राउ गरिएको छ ।
अहिले स्याङ्जाबाट पोखरा ल्याईंदै गरेको जानकारी प्राप्त भएको छ । जाहेरी अनुसार बालिकालाई विगत ३ महिना बढी समयदेखि नै शारीरिक शोषण गर्दै आएका थिए । अभिभावक नभएका बेला उनले यस्ता हर्कत गर्थे ।
बालिकाका परिवारले बलात्कार गर्ने गरेको थाहा भएपछि कानुनी उपचार खोज्दै जब प्रहरी कहाँ पुग्यो, यसबारे थाहा हुनासाथ उनी पोखराबाट भागेको बताइएको छ । उनलाई पाखरा ल्याएपछि घटनाबारे थप जानकारी प्राप्त हुने र सार्वजनिक गर्ने तयारी कास्की प्रहरीको छ ।
थप विवरण आउन बाँकी …
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो