१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने चार युवक पक्राउ

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने चार युवक पक्राउ

ape_Kailali (1)

कैलाली । १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

घटना संलग्न जानकी गाउँपालिका घर भएका १८ वर्षीय लोकेन्द्र रावत, कुमार कँडारा, शंकर विश्वकर्मा र २० वर्षीय दिपक कँडारालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक बिष्टले बताए ।

गत बिहीबार राति काकाको घरबाट फर्किने क्रममा ती किशोरीलाई ती युवाहरुले बलपूर्वक खेतबारीमा लगेर डरत्रास देखाएर जबरजस्ती करणी गरेर फरार रहेको प्रवक्ता विष्टले बताए ।

शनिबार इलाका प्रहरी कार्यालय टीकापुरमा पीडित परिवारले उजूरी दिएपछि प्रहरीले उनीहरुलाई खोजी गरेको थियो । चारै जना विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ