गण्डकी प्रदेशमा आइतबार कूल ४३ जना कोरोना संक्रमित थपिएका छन् । आईतबार साँझ थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार साँझ जारी गरेको तेस्रो विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङका १९ र ४५ वर्षका २ पुरुष र गोरखाका ३ महिला तथा ९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
निर्देशनालयले गोरखाको गोरखा नगरपालिका ८ का ३४ वर्षीय पुरुष, १० का ५५ वर्षीय पुरुष र १३ का २३ देखि ४५ वर्ष उमेर समुहका ७ पुरुष तथा ५ वर्षीया बालिकासहित २५ र ७५ वर्षका ३ महिलामा कोरोना देखिएको जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ३७ पुगेको छ ।

यसअघि, दोस्रो विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सक्रमण पुष्टि भएको भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको दोस्रो विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङ तमानखोलाका २ महिला र तनहुँ भानुका १९ पुरुष र ३ महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
बागलुङमा सङ्क्रमित हुने तमानखोलाका २३ र ३० वर्षका महिला मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी गरेको निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी, तनहुँको भानु – ६ का २३ देखि ६९ वर्ष उमेर समुहका ९ जना पुरुष, भानु – ७ का २७ देखि ६० वर्ष उमेर समुहका १० पुरुष तथा ८ वर्षीया बालिका सहित २५ वर्षीया एक र ५४ वर्षीया एक महिलामा कोरोना देखेएको निर्देशनालायले उल्लेख गरेको छ ।

आइतबार बिहानै पोखराका तीन सहित गण्डकीमा पाँच जना कोरोनाका संक्रमित थपिएका थिए । स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला कास्की र नवलपुरमा गरी कूल पांच जना कोरोना संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषका साथै पोखरा (८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा नवलपुर कावासोती २ का २१ वर्षीया युवती र मध्यविन्दु ४ का २० वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला