तनहुँ । जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।
सो घटना सम्वन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ ।
प्रहरीका अनुसार आत्महत्या गर्ने सेनाका ती जवान तनहुँ साबिक रानीपोखरी गाविस ६ निवासी २७ वर्षीय दामोदर क्षेत्री रहेका छन् ।
मृतक क्षेत्रीले आफैंले बोकेको एसएलआर राइफलबाट गोली हानेका हुन् ।
सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते