तनहुँको भानु नगरपालिकामा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको भानु नगरपालिकामा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि

Bhanu Municipality

तनहुँ । तनहुँको भानु नगरपालिकामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भानु नगरपालिकाको वडा नम्बर ६ का ९ जना पुरुष र वडा नम्बर ७ का १० जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा भानु नगरपालिका–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन् ।

त्यस्तै भानु नगरपालिका–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, , २७ र ३८ वर्षीया पुरुष छन् ।

त्यस्तै वडा नं ७ कै ८, ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

नगरपालिकाले गत भदौ १० गते १७२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

१९ जना समुदायका स्थानीय हुन भने ३ जना विदेशबाट आएका व्यक्ति भएको भानु नगरपालिकाले जनाएको छ ।

संक्रमित मध्य केही स्थानीय किराना पसले समेत रहेको प्रमुख भट्टराईले जानकारी दिए ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमितको संख्या २७५ जना पुगेको छ ।

त्यस्तै निको हुनेको सङ्ख्या १९९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds