तनहुँ – तनहुँको आबुँखैरेनी गाउँपालिका -४ मुग्लिन पुलजिप स्थित स्थापना भएको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपको आज गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।
निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्ने बताउँदै कोरना भाईरसको संक्रमणलाई थप फैलन नदिन सिमा नाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरे ।
साथै प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने साथै आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गरे । साथै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति उनले आभार प्रकट गरे ।
उक्त कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो