तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्दाका फरार व्यक्तिलाई ९ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीले उक्त मुद्दामा भिमाद नगरपालिका-२ स्थायी घर भई हाल व्यास नगरपालिका-५ बस्ने बर्ष ३२ की हरीमाया नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी नेपाली उपर तनहुँ जिल्ला अदालतको २०६८ असार २८ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना गरी सजाय सुनाएकोमा उक्त फैसला पश्चात उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेकी र निजको खोजतलास गर्ने क्रममा उनलाई गत बिहीबार दिउँसो उनकै घर वतनमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
नेपालीलाई कानूनी रितपुर्वक पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागी कारागार कार्यालय कास्की पठाएको तनहुँ प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई तीब्रता दिदै आएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते