लमजुङ – लमजुङको बेसीशहरस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ ।
शुक्रबार मात्र लमजुङ जिल्लाका २६ जना मध्ये एक थुनुवा सहित २३ जना प्रहरीमा कोरोना पुष्टि भएकोमा शनिबार सदरमुकाम बेसीशहरस्थित प्रहरी कार्यालयका थप ६ जना प्रहरीमा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पुष्टि भएका संक्रमित २० /२० वर्षका दुई सहित २८, ३० र ३३ वर्षका ५ जना पुरुष प्रहरी छन् । यस्तै कार्यालयकै ४० वर्षीया महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार र शनिबार पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमा नमुना स्वाब दिएका मध्ये छन् ।
लमजुङमा कोरोना संक्रमितको कूल संख्या १७५ पुगेको छ । जसमा ११३ जना निको भएर घर फर्किसकेका छन् भने, ६२ जना उपचाररत छन् ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते