पोखरा -१४ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पोखरा -१४ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

Pokhara beauty b

पोखरा –  पोखरामा शनिबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका -१४ निवासी ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अपरेशन विभागमा भाद्र ७ गते पेटको शल्यक्रिया गर्न आएका ती पुरुषमा कोरोना संक्रमणको आशंका पछि भाद्र ८ गते स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा भाद्र १० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको आइसीयुमा उपचाररत ती पुरुषको भाद्र १३ गते शनिबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे  ।

शनिबार मात्रै गोरखा जिल्ला गोरखा, नगरपालिका -१३ मजुवा घर भइ भरतपुर अस्पतालमा उपचारत ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पछिल्लो तीनदिन यता लगातार गण्डकीका ४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् भने, हालसम्म  प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds