नवलपुरका २१ जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमित २०८६ पुगे

नवलपुरका २१ जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमित २०८६ पुगे

nawalpur

पोखरा – शनिबार गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमित प्रदेशको नवलपुर जिल्लाका छन्  । संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएर बसेका हुन्  ।

स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बिनयत्रिबेणी गाउँपालिका वडा नं ६ का ५७, २१,५२,३४,४६ र ३१ वर्षका ६ जना पुरुष र सोही वडाका २७,४४,६४, ३७ र ५३ वर्षका गरी ५ जना महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै गाउँपालिकाकै वडा नं -७ का २५ र २१ वर्षीया महिला सहित ७ वर्षीय वालक सहित ५४ ,२१, ४३,४८ र ४४ वर्षका ६ जनामा संक्रमण भेटिएको छ ।

यस्तै जिल्लाकै गैंडाकोट नगरपालिका वडा नं ६ का ५५ वर्षीय पुरुष र वडा नं ८ की २५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा स्वाब परीक्षण भएको थियो ।

संक्रमित सबैलाई जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०८६ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds