पोखरा – कास्कीको पोखरा महानगरपालिकामा आज मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै गण्डकी प्रदेशभर ६० जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । संक्रमित मध्ये सबैभन्दा बढी लमजुङ जिल्लामा आज पुष्टि भएको छ । उनीहरुमध्ये अधिकांश प्रहरी हुन् । लमजुङमा मात्रै आज २६ जना संक्रमित थपिएका छन् । नवलपुरमा १३ जना थपिए । तनहुँका ४ जना संक्रमित थप भएका हुन् ।
निर्देशनालयको शुक्रबारको पछिल्लो विज्ञप्ति अनुसार प्रदेशका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको मणिपालमा कार्यरत २६ वर्षीय चिकित्सक सहित लमजुङ सदरमुकाम बेसीशहरमा कार्यरत नेपाल प्रहरीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै, निर्देशनालयको चौथो विज्ञप्तिमा प्रदेशका दुई जिल्ला लमजुङ र नवलपुरमा २० जनामा संक्रमण पुष्टि भएको छ । लमजुङको बेसीशहर नगरपालिकामा कार्यरत नेपाल प्रहरीका २८ देखि ४४ वर्ष उमेर समुहका १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक जना थुनुवा समेत रहेका छन् भने, जिल्लाको राइनास गाउँपालिका ९ की २१ वर्षीया युवती सहित बेसीशहर ८ का ५१ वर्षीय पुरुष र ४७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै, निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरमा ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । विज्ञप्तिमा पोखराका बैंकका कर्मचारी, ईञ्जिनियर कन्सल्टेन्सी र मोबाइल पसले सहित थप ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
सङ्क्रमित हुनेमा पोखरा – २ का कामना विकास बैङ्कमा दीप शाखामा कार्यरत २५ वर्षीय पुरुष, पोखरा – ३ का एभरेस्ट बैङ्क अमर सिंह चोक शाखामा कार्यरत २९ वर्षीय पुरुष, इन्जिनियरिङ कन्सल्टेन्सीमा कार्यरत पोखरा – १४ का ३५ वर्षीय पुरुष, पोखरा – ५ का औद्योगिक क्षेत्रमा कार्यरत ३३ वर्षीय पुरुष तथा पोखरा वडा नं १ का मोबाइल पसलका सञ्चालक १८ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै, एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । आज लमजुङ करापुटार घर भई पोखरा १६ ठेगाना लेखाएका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्र स्थित आइसोलेसन कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । श्वासप्रस्वासमा धेरै नै समस्या आएपछि उपचारका लागि ल्याउँदा ल्याउँदै गेटमै ढलेका उनको मृत्यु भएको थियो । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

यस्तै, निर्देशनालयको दोस्रो विज्ञप्तिमा कास्की पोखराका दुई सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा १६ का ५२ र ६८ वर्षका दुई पुरुषमा कोरोना सक्रमण पुष्टि भएको थियो । निर्देशनालयले पोखराको फिस्टेल हस्पिटलबाट लक्षण देखिएपछि २ पुरुषलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जनाएको छ । शुक्रबार बिहान नवलपुर गैँडाकोट ८ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।

यस्तै, पहिलो सूचना अनुसार पोखरा महानगरपालिकामा शुक्रबार बिहान थप ३ जनामा कोरोना सक्रमण पुष्टि भएको थियो । थप दुई पुरुष र एक महिलामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयका अनुसार पोखरा – १७ का २८ र २९ वर्षका दुई पुरुष तथा पोखरा – ३० की ५० वर्षीया महिलामा कोरोना सक्रमण पुष्टि भएको हो । दुई पुरुष पर्यटक प्रहरी हुन् । यस्तै, बिहान तनहुँका २ पालिकाका ४ जना पुरुष , लमजुङका २ पालिकाका १–१ महिला पुरुष तथा नवलपुरका २ पालिकाका ५ महिला र ३ पुरुषमा समेत कोरोना पुष्टि भएको जनाएको छ ।

शुक्रबारका मृतकका बारेमा पोखरा १६ कै ठेगानामा अस्पतालले सूचना जारी गरेको थियो । यस सूचना अनुसार पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि, विहीबार मात्रै पोखरा १२ की ३१ वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरा महानगरपालिका १६ का ८७ वर्षका वृद्ध र पोखरा महानगरपालिका १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । अद्यावधिक विवरण अनुसार गण्डकीमा २ हजार ६५ जना संक्रमित संख्या पुगेको छ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने