उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा बस्नुपर्ने भएपछि नेकपा सचिवालय बैठक स्थगित

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा बस्नुपर्ने भएपछि नेकपा सचिवालय बैठक स्थगित

ram and ishore

शनिबारलाई बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण बढ्दै गएपछि सचिवालय बैठक स्थगित भएको हो।

अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भदौ १८ गते बस्ने गरी शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको हो। सचिवालय सदस्यसमेत रहेका केही नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नेताहरु आइसोलेसनमा छन्। पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो। कोभिड – १९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछि दुई सचिवालय सदस्य आइसोलेसनमा छन्।

सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा बस्नुपर्ने भएपछि बैठक स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds