पोखरा । नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सुरु भएको छ । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० भन्दाबढी युवा-युवतीहरु सहभागी रहेका छन् । असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई सम्मेलन आयोजना भएको छ ।
सम्मेलनको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ रहेका थिए । सो अवसरमा युवासंग मुख्यमन्त्रि सत्र अन्तर्गत बोल्दै मुख्यमन्त्रि गुरुङले युवा उद्धमशिल बन्नुपर्ने बताए । कुनैपनि लक्ष्य प्राप्तिका लागि निरन्तर धैर्यताका साथ इमान्दार र निस्वार्थ रुपमा लाग्नुपर्ने मुख्यमन्त्रि गुरुङले बताए ।
‘म पनि ६ पटक चुनाव लडेको मान्छे हुँ तर २ पटक मात्रै जितेको छु ।’ मुख्यमन्त्रि गुरुङले भने ‘मैलेपनि १,२ पटक मै चुनाब लड्न छोडेको भए आज यो स्थानमा हुने थिइन । मुख्यमन्त्रि गुरुङले भने ‘जस्तो सुकै कठिन परिस्थिति आएतापनि आफ्नो लक्ष्य प्राप्तिमा युवा निरन्तर धैर्यताका अघि बढ्नुपर्छ ।’
कोहिपनि आफ्नो आलोचनादेखि डराउन नहुने र आफ्नो गल्ति भएको भए महसुस गर्नुपर्ने मुख्यमन्त्रि गुरुङले बताए । आजरको युवामा धैर्यता र अनुशासन कमि रहेको मुख्यमन्त्रि गुरुङ बताउछन ।
गण्डकी प्रदेश सरकारले युवालाई सीप सिकाउन बजेट छुटाएको र ५० हजार युवालाई स्वरोजगार बनाउने योजना रहेको मुख्यमन्त्रि गुरुङले बताए ।
राजनीतिमा राम्रो मान्छे नआउदा फोहोरी खेल देखिएको मुख्यमन्त्रि गुरुङले बताए । ‘अब शिक्षित र विज्ञ युवा जमात राजनीतिमा आउनुपर्छ ।’ मुख्यमन्त्रि गुरुङले भने ‘युवा कुनै पेशा, व्यवसाय गरेर मात्रै राजनीतिमा आउनुपर्छ ।’ उनले अगाडि भने ‘ नराम्रो नियतमा मानिसहरु राजनीतिमा आएकाले अहिले राजनीति फोहोर बनेको छ ।’
राजनीतिले आजकाल आपराधीलाई छाहारी दिदाँ पिडीतले न्याय पाउन समेत नसकेको मुख्यमन्त्रि गुरुङले बताए ।
निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई आयोजना गर्न सम्मेलन लागेको नेपाल युवा परिषद गण्डकीले जनाएको छ ।
प्रदेश युवा सम्मेलन भोलि शनिबारसम्म भर्चुअल रुपमा चल्नेछ । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गर्न लागिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।
अपाङ्गता भएका १४ जना युवासहित भिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण बनाईएको आयोजकले जनाएको छ ।
सम्मेलनमा निर्वाचनमा युवाको भूमिका, लैगिकं समानता, युवा नेतृत्व, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई विभिन्न विज्ञहरुबाट प्रस्तुति गरिनेछ ।
नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।
साथै २०१९ मा हरेक प्रदेशमा “प्रदेश युवा सम्मेलन २०१९” गरी स्थानीय तहमा रहेका युवाहरुलाई क्षमता अभिबृद्धि गर्न र सम्मेलनले तयार गरेको कार्ययोजनालाई प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगलाई बुझाउन सफल भएका थियौ जसले गर्दा आगामी वर्षको निति तथा कार्यक्रमम युवाको सवालहरुलाई प्राथमिकता साथ समेट्न पहल हुने कुरामा नेपाल युवा परिषद निकै नै आशाबादी रहेको छ ।
केहिसमय अघि मात्रै नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० नेपालभरका युवाको भर्चुअल उपस्थितिमा जुम मार्फत सम्पन्न गरिसकेको छ । त्यस्तै केहि प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ भने केहिमा हुँदैछ ।
सम्बन्धित खबर
१० औं गामी छाक्रा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम माघ १८ देखि
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करण फागुन ३ गते
कुनै पनि बहानामा सरकार ढल्दैन: अर्थमन्त्री पौडेल
प्रथम वालिङ् सिटि महोत्सव हुने
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै
बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए