पोखरामा आज पनि एक कोरोना संक्रमितको मृत्यु

पोखरामा आज पनि एक कोरोना संक्रमितको मृत्यु

corona death

तस्वीरः गल्लीगल्ली डटकम

पोखरामा आज पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका १६ का ५२ वर्षीय पुरुषको दिउँसो सवा १२ बजे मृत्यु भएको हो ।

उनमा कोभिडसँगै उच्च रक्तचाप र मधुमेहको समस्या थियो । योसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि बिहीबारमात्रै पोखरा १२ बस्ने ३२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । यस अघि कोरोना संक्रमित पोखरा – १६  कै ८७ वर्षीय बृद्ध र पोखरा १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

पोखरामा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ। तीमध्ये १ सय ७४ संक्रमित निको भएका छन्।गण्डकी  प्रदेशभर संक्रमितको संख्या २ हजार २५ पुगेको छ। संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १-१ जना छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ