तनहुँमा २ प्रहरीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा २ प्रहरीसहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

Police Corona

तनहुँ । तनहुँका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार पुष्टि भएका ४ मध्य २ जना व्यास नगरपालिकाका हुन भने २ जना शुक्लागण्डकी नगरपालिकाका हुन ।

व्यास नगरपालिका वडा नम्बर ३ का दुई जना पुरुष प्रहरी हुन । ३८ र ३१ वर्षका दुबैजना संक्रमित जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यारत प्रहरी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

केहिदिन अघि जिल्ला प्रहरी कार्यालय तनहुँका दुई जना (१ जना महिला र १ जना पुरुष) प्रहरीमा कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालय भित्र नै छुट्टै क्वारेन्टाइनमा बसेका दुई जना प्रहरीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ गरेर ५५ जनाको स्वाब पीसीआर परीक्षणका लागी पठाइएको थियो । दुई जनाको शुक्रबार पोजेटिभ रिपोर्ट आएको र बाँकीको भने रिपोर्ट नआएको प्रमुख सोतीले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, होम क्वारेन्टिनर क्वारेन्टिनमा बस्नेहरुको स्वाब संकलन गरेर परीक्षणका लागी पठाइएको सोतिले जानकारी दिए ।

त्यस्तै शुक्लागण्डकीको वडा नं १२ का २२ वर्षीय पुरुष र वडा नम्बर ५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । एक जना पुरुष भारतीय सेना र अर्का एकजना भारतबाट आएर नगरपालिकाको क्वारेन्टिनमा बसेका व्यक्ति रहेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले बताए ।

गत भदौ ८ गते शुक्लागण्डकी नगरपालिकाले ८९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागी पठाइएको प्रवक्ता कुमालले जानकारी दिए । उनले भने ‘अन्यको रिपोर्ट आइसकेको छैन ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ