‘कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन’

‘कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले दिएको छैन’

Dr-yubaraj-khatiwada

सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नै फेरि नियुक्त गर्नेबारे मन्त्रिपरिषदमा छलफल नभएको बताएका छन्।

घिसिङको भदौ मसान्तमा कार्यकाल सकिँदैछ। उनको पुनर्नियुक्ति भएका समाचारहरू बाहिर आइरहेको सन्दर्भमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता खतिवडाले कुनै औपचारिक प्रस्तावसमेत नआएको बताएका हुन्।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला, सरकारले त दिएको छैन,’ मन्त्री खतिवडाले भने, ‘सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन। तर औपचारिक प्रस्ताव पनि छैन। छलफल पनि केही भएको होइन।’

कुलमानलाई पुनर्नियुक्ति दिइएको सूचना, लेखाइ र बोलाइमा कुनै सत्यता नभएको उनले बताए। कुलमानलाई नै फेरि प्राधिकरणमा पुनर्नियुक्ति दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारलाई दवाब दिइरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds