पोखराको रानीपौवाबाट ठूलो परिमाणमा लागु औषध सहित एक व्यक्ति पक्राउ

पोखराको रानीपौवाबाट ठूलो परिमाणमा लागु औषध सहित एक व्यक्ति पक्राउ

lagu-aaushadh-ghamal

पोखरा – पोखराको रानीपौवास्थित तुलसीमार्गबाट ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा -११ रानीपौवा तुलसीमार्ग बस्ने वर्ष २७ का विशाल घमाल छन्  ।

 विशेष सुचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले घमाललाई उनको घरको कोठामा लुकाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध ट्रामाअडोल हाइड्रोक्लोराइड ३०० क्याप्सुल, चरेस ३०० ग्राम, सुकेको गाँजा ३ किलो ४०० ग्राम र तौल गर्ने एक थान मेसिन सहित पक्राउ गरेको रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ