पोखरा – कास्की प्रहरीले अवैध जुवा तास खेलिरहेका ५ जनालाई नगद रु एक लाख छत्तिस हजार एक सय सत्तरी रुपैयाँ सहित पक्राउ गरेको छ ।
विशेष सुचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं -१४ खसीबजारबाट ५ जनालाई उक्त नगद रुपैयाँ सहित पक्राउ गरेको कास्कीका डिएसपी तथा प्रहारी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पोखरा -१४ खसीबजार स्थित चन्द्र बहादुर श्रेष्ठको घरमा बस्ने जित बहादुर कुँवरले संचालन गर्दै आएको जित रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लिको कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा -१३ मियाँपाटन बस्ने बर्ष ४२ का जीवन नेपाली, पोखरा -१३ बाझापाटन बस्ने बर्ष ३५ का ओम बहादुर नेपाली, पोखरा -१० रामबजार बस्ने बर्ष ५४ का देविलाल तिमिल्सिना, चितवन भरतपुर घर भइ हाल पोखरा -१४ बीपी मार्ग बस्ने बर्ष ४० का कृष्णहरी दवाडी र तनहुँ जिल्ला भिमाद नगरपालिका -२ घर भइ हाल पोखरा -१४ चाउथे बस्ने बर्ष ४० का ओम बहादुर आले रहेका छन् ।
पक्राउ परेका उनीहरु विरुद्ध आवश्यक कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु