तनहुँ । तनहुँका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिकाका ८ जना, भानु नगरपालिकाका १ र देवघाट गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
म्याग्दे गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ का ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
म्याग्दे गाउँपालिका–४ का ३४, ६२, म्याग्दे गाउँपालिका–६ का ५८, ५३, म्याग्दे गाउँपालिका–७ का ३५ र ३७ वर्षीय पुरुष, एक वर्षीय बालक र ३१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमध्ये एक जना प्रहरी, ६ जना भारतबाट आएर होम क्वारेन्टिनमा बसेका र एक जना म्याग्दे गाउँपालिका–७ घर भई हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्ने पुरुष रहेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिए ।
गाउँपालिकाले गत भदौ ८ गते १४५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको थियो ।

त्यस्तै भानु नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
स्थायी ठेगाना भानु-४ भएपनि स्वाब भानु नगरपालिकाबाट नपठाइएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
‘हामीले पठाएको स्वाब होईन ।’ प्रमुख भट्टराईले भने ‘पोखरा मै स्वाब दिएर बसाई उतै(पोखरा) नै रहेकोे र बैंकका कर्मचारी भन्ने प्रारम्भिक जानकारी आएको छ ।’ उनले अगाडि भने ‘के कसो भनेर हामी बुझ्दै छौ ।
यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाले होम क्वारेन्टिन, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट गत भदौ ७ गते २५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि भरतपुर कोरोना अस्पतालको प्रयोगशालामा पठाएको थियो ।
बुधबार प्राप्त रिपोर्ट अनुसार २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ र १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले जानकारी दिए ।
उनले भने ‘अहिले गाउँपालिका भित्र २ जना सक्रिय संक्रमित रहेको छ ।’
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की