गण्डकी प्रदेशमा विहीबार पोखरामा १ र गण्डकीका ५ जिल्लामा २५ जना कोरोना संक्रमित थपिएका छन् । विहीबार पछिल्लो दुई विवरण अनुसार २६ जना थपिएका छन् । विहीबार नै पोखरमा एक महिलाको मृत्यु पुष्टि भइसकेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा – १६ का ७६ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारका लागि आएका वृद्धमा कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उनलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ ।

यस्तै, विहीबार संक्रमण पुष्टि हुनेमा पवर्त जिल्ला वडा नं ४ का १ जना ३६ वर्षका पुरुष छन् ।
बाग्लुङमा बुधबार ८ जना कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । जस्मध्ये वडा नं १ मा २ जना २१ र ३४ वर्षीय पुरुष, वडा नं ३ मा ३ जना १, १९ र २७ वर्षीय महिला, वडा नं ८ मा १ जना २४ वर्षीय पुरुष, वडा नं १० मा १जना २८ वर्षीय पुरुष र वडा नं ६ मा १ जना ३१ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
लमजङमा बुधबार ४ जना कारोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । बेसीशहरमा कार्यरत २ जना २२ र ३७ वर्षीय पुरुषमा पुष्टी भएको निर्देशनालयले जनाएको हो ।
तनहूँ मा ९ जना कोरोना सङक्रमित पुष्टि भएको गण्डकी निर्देशनालयले जनाएको छ । तनहुँ म्याग्देमा गरिएको परिक्षमा वडा नं २ का ३४ र ६२ वर्षीय पुरुष, वडा नं ६ का २ जना ५८ र ५३ वर्षीय महिला, वडा नं ७ का ४ जना ३५,१ र ३७ वर्षीय पुरुष र १ जना ३१ वर्षीय महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
यस्तै नवलपरासीमा ३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मध्यविन्दु वडा नं १० का २ जना ४० र ५० वर्षीय पुरुष र वडा नं ५गैँडाका १ जना ३५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको हो ।

सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो