अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीले स्पेनिश फुटबल क्लब बार्सिलोना छोड्ने निश्चित भएको छ । क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले कारवाही अघि बढाउनका लागि व्यवस्थापनलाई दस्तावेज पठाइसकेको जानकारी दिएको छ ।
३३ वर्षीय गोल मेसिन मेस्सीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा अगस्ट १५ मा जर्मनीको क्लब बायर्न म्यूनिखले बार्सिलोनालाई ८–२ ले हराएको थियो । त्यसपछि मेसीले टोली छोड्ने करिब निश्चित नै थियो । यद्यपी क्लबले भने मेसीलाई गुमाउन चाहेको थिएन ।
मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर सन् २००४ मा डेब्यू गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म उनले टीमका लागि ७ सय ३१ म्याचमा ६ सय ३४ गोल हाने र २ सय ७६ वटा गोल हान्न सहयोग गरे । यतिबेला उनले टीमलाई १० ला लिगा र ४ यूइएफए च्याम्पिनन्स लीगसमेत ३४ उपाधि जिताएका छन् ।
यसै वर्ष जनवरीमा एर्नेस्तो वेलवेर्देलाई बार्सिलोनाको कोचको पदबाट हटाइएको थियो । यस विषयमा मेसी र स्पोर्टिङ म्यानेजर एरिक अबिदालबीच सम्बन्ध खराब छ ।
अबिदालले मेसीको नाम नलिइकनै वेलवेर्देसँग टीमका खेलाडी खुसी नभएका कारण उनलाई बर्खास्त गरिएको बताए । मेसीले यसको जवाफमा भनेका थिए, ‘नाम नलिइकनै खेलाडीको आलोचना गर्नु गलत हो । ’
यो विवादपछि मिडियामा मेसीले क्लबसँग आफ्नो सम्झौता नबढाउने अनुमान गरिएको थियो ।
चारवटा क्लबबीच मेसीलाई खरिद गर्ने होडबाजी चलेको छ । म्यान्चेस्टर सिटी, इन्टर मिलान, नेवेल्स ओल्य बोयज, अल–सादले मेसी लिन चाहेको छ ।
म्यान्चेस्टर सिटीले यसपटक घरेलू लीग पनि जित्न सकेन । उसको कोच गुआर्डिओलाले बार्सिलोनालाई कोचिङ दिइसकेका छन् । यस्तोमा उनी यो खेलाडीलाई क्लबसँग जोडेर सिटीलाई घरेलू र युरोपियन च्याम्पियन बनाउन चाहन्छ ।
मेसीका प्रतिद्वन्द्वी रोनाल्डो इटलीको क्लब युभेण्टसमा खेल्छन् । यस्तोमा इन्टर मिलानले मेसीलाई अनुबन्ध गरेर यी दुईलाई पुनः प्रतिद्वन्द्वीको रुपमा मैदानमा उतार्न चाहन्छ । मेसीका अर्जेन्टिनाका पुराना साथी जेविय जानेटी बोर्डका भाइस प्रेसिडेन्ट हुन् ।
नेवेल्स ओल्य बोयज अर्जेन्टिनाको मेसीको सुरुवाती क्लब हो । उनी ६ वर्षको उमेरदेखि यो क्लबसँग जोडिएका थिए र ५ सय गोल गरेका थिए ।
कतारको क्लब अल–सादका म्यानेजर बार्सिलोनाका पूर्व कप्तान जावी हुन् । कतारमा विश्वकप पनि आयोजना हुँदैछ । यस्तोमा क्लबले मेसीलाई जोडेर माहौल बनाउन चाहन्छ ।
– दैनिक भास्कर
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने