क्यानडा पठाइदिन्छु भनेर २१ लाख ठगी, तीनजना पक्राउ

क्यानडा पठाइदिन्छु भनेर २१ लाख ठगी, तीनजना पक्राउ

arrest

सांकेतिक तस्विर

काठमाण्डौ – क्यानाडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतका २९ वर्षीय धुर्व थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्  ।

महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाका अनुसार उनीहरुले आफुहरु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कासंग नगद रु २१ लाख ठगी गरेका थिए । महाशाखाको टोलीले आज दिउँसो धापासीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ