तनहुँको पतेनीमा मृत अवस्थामा फेला पर्यो चितुवा

तनहुँको पतेनीमा मृत अवस्थामा फेला पर्यो चितुवा

Chituwa Dead Vuas-5 Pateni

तनहुँको व्यास -५ पतेनिमा बुधबार बिहान मृत अवस्थामा चितुवा फेला परेको छ । खेतमा मृत फेला परेको चितुवा करिब १ वर्षको रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

‘मृत फेला परेको चितुवा भाले हो ।’ प्रमुख बरालले भने ‘हेर्दा रोगी जस्तो देखिन्थ्यो । आफै मरेको जस्तो देखिन्छ ।’

‘एकदमै गन्हाएको अवस्थामा फेला परेको थियो, करिब ४-५ दिन अघि मरेको हुनुपर्छ’ बरालले थपे । स्थानिय विष्णु वाग्लेको खेतमा हिलै हिलो अवस्थामा उक्त चितुवा मृत अवस्थामा फेला परेको प्रमुख बरालले बताए ।

उक्त चितुवा डिभिजन बन कार्यालय तनहुँको कार्यालय परिसरमा गाडिएको प्रमुख बरालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ