कास्की जिल्लामा बुधबार ४ जना कोरोना संक्रमित थपिए । यसमध्ये पोखरा महानगरका ३ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बुधबार पुष्टि भएका पोखरा १७ का २८ वर्षे युवक भारतबाट पोखरा भित्रिएको खुलेको छ । भारतीय सैनिक उनी नौ दिन अगाडि आएको र अहिलेसम्म होटल क्वारेन्टाइनमै रहेकाले उनीबाट कुनै जोखिम छै्रन । दुई दिन अघि स्वाब दिएका उनको स्थायी घर स्याङ्जा रहेको खुलेको छ ।
यस्तै, पोखरा ११ का ४६ वर्षीय पुरुष पोखरा रानीपौवास्थित साई अर्चना हस्पिटलका सुरक्षा गार्ड रहेको थाहा भएको छ । ४६ वर्षे उनको कुनै ट्राभल हिस्ट्री छैन । शनिबारदेखि ज्वरो आउन थालेपछि स्वाब परीक्षणका लागि दिएकोमा आज उनको पोजिटिभ रिजल्ट आएको हो ।
पोखरा १४ का ५८ वर्षे पुरुषमा पनि बुधबार नै कोरोना पुष्टि भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका अर्का संक्रमित मादी गाउँपालिकाका ३९ वर्षे पुरुष हुन् । उनी दुबईबाट आएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा संक्रमित १९ सय ५२ पुगेका छन् । तीमध्ये तीमध्ये १६ सय ४३ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, तनहुँ, गोरखा र म्याग्दीका १, १ जना छन् । पोखरा महानगरमा मात्रै कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । तीमध्ये १ सय ६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
प्रदेशभरको समाचारः
कोभिड १९ अपडेटः अहिलेसम्म कास्कीमा ४, लमजुङमा २३, नवपुरमा ९ जनासहित गण्डकीमा ३९ जना थपिए
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो