लमजुङ । गण्डकी प्रदेश अन्तरर्ग लमजुङ बेँसीशहर जगरपालिकामा एक साताका लागी निषधाज्ञा जारी गरिएको छ । आज दिउँसो ३ बजेदेखी लागु हुने गरी भदौ १७ गते साँझ ६ बजेसम्मको लागुहुने गरी वडा नं २,३,७ र ८ मा जिल्ला प्रशासन कार्यलय लमजुङले निषेधज्ञा आदेश जारी गरेको हो ।
जिल्ला कोभिड९ १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो ।आज एकै दिन २० जना बेँसीशहर नगरपालिका वडा नं ७ र ८ का तीन जनामा जिल्लामा कार्यरत नेपाली सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
अत्याश्यक बाहेकका सम्पूर्ण सेवाहरु बाहेक अन्ने सेवाहरु बन्द गरिने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदन गर्ने एटिएमबाहेकका अन्य सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । यस्तै, खाद्यान्न र तरकारीको लागि भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । औषधि उपचार त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने , सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंछी दाना बोक्ने गाडी, र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ ।
जिल्लामा हाल सम्म १३९ जना संक्रमण मध्य १११ जनाले कारोना जितेका छन्। उपचारत् ५ र आज थपिएको २३ जना गरी बाँकी संक्रमित २८ जना आइसोलेसनमा उपचारत रहेको जिल्ला प्रशासन कार्यलय लम्जुङले जनाएको छ ।
सम्बन्धित खबर
लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
तस्वीरमा लमजुङको घलेगाऊँ
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु