तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा थप ३ दिन लकडाउन थपिएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप ३ दिन लकडाउन थपिएको नगरपालिकाले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङको अध्यक्षतामा नगरपालिकामा बुधबार बसेको कार्यपालिका बैठकले आगामी भदौ १३ गते राति १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।
यसअघि समुदायमा कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म लकडाउन लागु गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा बुधबार राती १२ बजेबाट सकिँदै छ ।
तर बैंक अफ काठमाण्डौँ खैरेनीटार शाखाकी कर्मचारीमा संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक ट्रेसिङको रिपोर्ट आइनसकेको हुँदा लकडाउन थप गर्ने निष्कर्षमा पुगेको प्रवक्ता खिम बहादुर कुमालले जानकारी दिए ।
उनले भने ‘लकडाउन पहिलेकै स्वरुपमा हुने भएकाले सबै नगरबासीले पूर्णपालना गरी नगरपालिकालाई सहयोग गर्नुहोला ।’
जिल्लाका अन्य स्थानीय तहका साथै छिमेकी जिल्ला कास्की, स्याङ्जा, नवलपुर तथा लमजुङका स्थानीय तहहरुमा पनि अहिले लकडाउन गरिएको छ ।
शुक्लागण्डकीमा ९४० जनाको पिसिआर परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
बाँकी ३ जना जि.पि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटाको आइसोलेसन कक्षमा उपचाररत रहेको स्वास्थ्य शाखाका प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो